नेपाल फाइनान्स र ललितपुर फाइनान्स एकिकृत कारोबार शुरु

सोमबार, २८ असार २०७८, ११ : ४७

काठमाडौं, नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति पश्चात एकिकृत कारोबार शुरु गरेको छ। 

असार २७ गते आइतबारदेखि नेपाल फाइनान्सको एकिकृत कारोबार शुरु भएको हो। साविकको ललितपुर फाइनान्सको नामबाट हुने गरेको सम्पूर्ण कारोबार अबदेखि नेपाल फाइनान्सको नामबाट हुनेछ।

गत जेठ २८ गते सम्पन्न यी दुबै फाइनान्सको अलग अलग विशेष साधारण सभाले नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।

नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १८ गते एक्विजिशन सम्बन्धि अन्तिम स्वीकृति दिएको थियो।

सोमबार, २८ असार २०७८, ११ : ४७

प्रतिक्रिया