११ महिनामा बैंकहरुको कर्जाको ब्याजदर करिब २ प्रतिशतले घट्यो, निक्षेपको ब्याजदर कति ?

सोमबार, २८ असार २०७८, १६ : २८

काठमाडौं, चालु आर्थिक वर्षको ११ महिनाको मासिक विवरण अनुसार वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर करिब दुई प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कर्जाको औसत ब्याजदर १.९७ प्रतिशत विन्दुले घटेको हो। केन्द्रिय बैंकले सार्वजानिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको मासिक विवरणले यस्तो देखाएको हो । 

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा बैंकहरुको कर्जाको औसत ब्याजदर  ८.४६ प्रतिशत विन्दुमा झरेको छ। गत आर्थिक वर्षको ही अवधि सम्ममा १०.४३ प्रतिशत रहेको थियो ।

तथ्याङक अनुसार बैंकहरुको निक्षेपको औसत ब्याजदर समते झण्डै साढे १ प्रतिशत विन्दुले घटेको छ। गत वर्षको जेठसम्ममा ६.१७ प्रतिशत रहेको निक्षेपको औसत ब्याजदर गत जेठ अन्तिमसम्ममा घटेर ४.७२ प्रतिशतमा झरेको छ। विगतमा तरलता केहि कम हुन थालेसँगै बढी ब्याज दिएर निक्षेप तान्ने बैंकहरुले यसपाली भने निक्षेपको ब्याज खासै बढाएका छैनन्।

गत बैशाखमा निक्षेपको ब्याजदर सामान्य बढेको भए पनि अन्य महिनाहरुमा भने ब्याजदर क्रमश घट्दो क्रममा नै देखिन्छ। कर्जाको ब्याजदर समेत क्रमशः घट्दो क्रममा देखिन्छ।

सोमबार, २८ असार २०७८, १६ : २८

प्रतिक्रिया