नबिल बैंकले ल्यायो नयाँ योजना,अब ग्राहकले यस्ता पाउछन् अवसर

सोमबार, २८ असार २०७८, १८ : ०७

काठमाडौ– नबिल बैंक ले  '37 Days of Happiness' योजना ल्याएको छ ।  आफ्नो ३७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्टबैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहितका योजना ल्याएको हो ।

यस अफर अन्तर्गत बैंकले आजदेखि ३७ दिन सम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ । अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई  अफरको लाभ लिई ढुक्क हुन बैंकले आग्रह गरेको छ ।  

 बैंकले १३५ शाखा, १८३ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आएको छ।

सोमबार, २८ असार २०७८, १८ : ०७

प्रतिक्रिया