एनआईसी एशियाको ऋणपत्र बाँडफाँड

मंगलबार, २९ असार २०७८, ०७ : ३३

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ ।  असार ६ गतेदेखि ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्र खुला गरेको थियो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरेको थियो भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ ।

१० वर्षे अवधिको सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मका लागि आवेदन दिएका थिए ।

गत असार २५ गते ऋणपत्र बाँडफाँ गरेको कम्पनीले जनाएको छ । 

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 
 

मंगलबार, २९ असार २०७८, ०७ : ३३

प्रतिक्रिया