राधी विद्युत् कम्पनी साधारण सभा आज हुदैै, बोनस शेयर र हकप्रद शेयर कति ?

मंगलबार, २९ असार २०७८, ०७ : ४१

काठमाडौं, राधी विद्युत् कम्पनी लिमिटेडको साधारण सभा आज (मंगलबार) हुँदैछ । सभा कमपनीको कार्यालय त्रिपुरेश्वरमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । 

सभाले ३६.५ प्रतिशत बोनस शेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको १४७.५२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असार १५ गतेदेखि २९ गतेसम्म बन्द रहको जानकारी गराएको हो । 

मंगलबार, २९ असार २०७८, ०७ : ४१

प्रतिक्रिया