काठमाडौं, कामना सेवा विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।
बैंकले बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बैंकले एक हजार रुपैयाँ अंकित दरका १० लाख कित्ताले हुन आउने एक अर्ब रुपैयाँ बराबरको ९ ५ केएसबिबिइएल डिबेन्चर २०८८ ऋणपत्र जारी गर्ने भएको हो ।
बिक्रीप्रबन्धकको नियुक्ति सम्बन्धमा मिति २०७८, असार २८ गतेका दिन बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गरे।
कामना सेवा विकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । यस बैंकको संस्थापकहरुमा सरकारी सेवा, विभिन्न संघ संस्थाहरुमा आवद्ध एवं व्यवस्थापनमा राम्रो अनुभव तथा व्यावसायिक दख्खल भएका प्रतिष्ठित व्यवसायीहरु संलग्न छन् ।
।
प्रतिक्रिया