नेपाल इन्फ्रास्ट्रकचर बैंकको सञ्चालकमा धनीराम शर्मा

मंगलबार, २९ असार २०७८, ०८ : ०२

काठमाडौं, नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको सञ्चालक धनीराम शर्मा नियुक्त भएका छन् । अर्थ मन्त्रालयका सह सचिव रहेका उनी नेपाल सरकारको प्रतिनिधित्व गर्दै संचालक समितिमा नियुक्त भएका हुन् । 

यस अघि नेपाल सरकरको तर्फबाट संचालक रहेका श्रीकृष्ण नेपालको पदावधि समाप्त भएपछि उनको स्थानमा शर्मा मनोनित भएका हुन् । शर्मा हाल अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखा प्रमुख छन् ।
 

मंगलबार, २९ असार २०७८, ०८ : ०२

प्रतिक्रिया