नेशनल हाइड्रो पावरको साधारण सभा बिहीबार हुदैँ, के के छन एजेन्डा ?

मंगलबार, २९ असार २०७८, ०८ : ३५

काठमाडौं, नेशनल हाइड्रो पावर कम्पनीको साधारण सभा बिहीबार (असार ३१ गते) हुने भएको छ । यस अघि चैत २७ गतेका लागि बोलाएको सभा गणपुरक संख्या नपुगेकाले स्थिति गरिएको थियो । सभा विहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरु पारित गर्नुका साथै गत चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्गो लगाउनेछ ।

सभाको विशेष प्रस्तावमा लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेले आयोजन निर्माण गर्न लिएको ऋणको कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा गत फागुन २ गते सञ्चालक समितिले गरेको निर्णयलाई अनुमोदन गर्ने र अन्य हाइड्रो कम्पनीसँगै मर्जर तथा प्राप्ती प्रकृयामा जाने विषय रहेको छ ।
 
यस अघि स्थगित सभाका लागि कम्पनीले चैत १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य भएका छन् ।

मंगलबार, २९ असार २०७८, ०८ : ३५

प्रतिक्रिया