सगरमाथा इन्स्योरेन्सको साधारण सभा भोलि हुदैं, लाभांश प्रस्ताव कति ?

मंगलबार, २९ असार २०७८, १० : ३१

काठमाडौं, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले  बुधवार (असार ३० गते) २४औं वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको प्रधान कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । 

कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल ११.५८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । 

कम्पनीको जेठ ४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उक्त सभा प्रयोजनका लागि कम्पनीले असार १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असार १६ गतेसम्म कायम शेयरधनीहरु सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

मंगलबार, २९ असार २०७८, १० : ३१

प्रतिक्रिया