आइअफआइसी बैंक आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण शेयर बिक्रि गरेर बाहिरिने, कित्ता कति ?

मंगलबार, २९ असार २०७८, १० : ४८

काठमाडौं, नेपाल बंगलादेश बैंकको विदेशी साझेदार आइअफआइसी बैंकले आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण शेयर बिक्रि गरेर बाहिरिने भएको छ । 

बंगलादेशको ढाकामा रहेको आइअफआइसी बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको सम्पूर्ण शेयर बिक्रि गर्ने भएको हो ।

आइअफआइसी बैंकले नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता संस्थापाक शेयर बिक्रि गर्ने भएको हो। नेपाल बंगलादेश बैंकले शेयर बिक्रि गर्ने बारेको जानकारी सहित राष्ट्रिय दैनिकमा ३५ दिनको सूचना प्रकाशन गरिने जनाएको छ ।

यी शेयर खरिदको लागि पहिलो प्राथमिकता हाल कायम संस्थापक शेयरधनी नै रहने बैंकले जनाएको छ । ३५ दिन भित्र पनि शेयर बिक्रि नभएमा अन्य व्यक्ति,संघ , संस्थाको लागि खुला गरिने बैंकले जनाएको छ ।

 शेयर खरिदको लागि कर चुक्ता प्रमाणपत्र, आयस्रोतको विवरण , फिट एण्ड प्रपर टेस्टबाट संस्थापक शेयर खरिद गर्न योग्य भएको प्रमाण लगायतका कागजात पेश गर्नु पर्ने छ ।

मंगलबार, २९ असार २०७८, १० : ४८

प्रतिक्रिया