आईपीओ निष्कासन प्रस्ताव पारित गर्न बिहीवार साधारण सभा गर्दै आदर्श लघुवित्त

मंगलबार, २९ असार २०७८, ११ : ५४

काठमाडौं- आदर्श लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा असार ३१ गते (बिहीवार) हुने भएको छ । 

कम्पनीले सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय बनेपामा हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीले हाल कायम रहेको जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले यस कम्पनी र अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने, प्राप्ति तथा समाहित हुने कार्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
 

मंगलबार, २९ असार २०७८, ११ : ५४

प्रतिक्रिया