आँधीखोला लघुवित्तको साधारण सभा असार ३१ गते हुदैँ, के के छन एजेन्डा ?

मंगलबार, २९ असार २०७८, १२ : ५५

काठमाडौं, आँधीखोला लघुवित्त वित्तीय संस्थाले चौंथो वार्षिक साधारण सभा असार ३१ गते बिहीवार गर्ने भएको छ । सभा बिहान ११ः३० बजे होटल गाउँवेशीको सभाहल वालिङ ८, स्याङ्जामा हुने भएको हो । 

सभाले यस कम्पनी र अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । 

आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असार १५ गतेदेखि ३१ गतेसम्म बन्द रहनेछ । 

हाल कम्पनीको शेयर धौलागिरी लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रियामा रहेकाले २०७६ पुस २ गतेबाट शेयर कारोबार रोक्का रहेको छ ।

मंगलबार, २९ असार २०७८, १२ : ५५

प्रतिक्रिया