ट्रान्सेन्डका कार भिडिओ रेकर्डर नेपाली बजारमा भित्रिए, कति छ बजार मुल्य ?

२ बर्ष अगाडि

काठमाडौं- ट्रान्सेन्डका ड्याशक्याम अर्थात कार भिडिओ रेकर्डर नेपाली बजारमा भित्रिएका छन् । नागमणी इन्टरनेसनल प्रालिले कार भिडिओ रेकर्डर नेपाल ल्याएको हो । सडकमा सवारी 

नागमणीले कम प्रकाश भएको स्थानमा समेत उच्च गुणस्तरमा तस्वीर र भिडिओ रेकर्ड गर्न सक्ने हाइ सेन्सिटिभिटी इमेज सेन्सर युक्त ड्याशक्याम नेपाली बजारमा ल्याएको हो ।

जसमा ब्राइटनेस एडजस्ट गर्न सकिने डिस्प्ले, ब्युल्ट ईन ब्याट्री, सजिला बटन, इमर्जेन्सी रेकर्डिङ, हेडलाइट रिमाइन्डर र ड्राइभरलाई थकान लागेको अलर्ट दिने लगायतका आकर्षक फिचर समेत रहेका छन् ।

कम्पनीका अनुसार १०८० पिक्सेल रेजोलुसन युक्त ड्राइभ प्रो ११० कार भिडिओ रेकर्डरको मूल्य नेपाली बजारमा १९ हजार ३७५ रुपैयाँ राखिएको छ ।

त्यसैगरी १०८० पिक्सेल रेजोलुसन भएको ड्राइभ प्रो ५५० को मूल्य २८ हजार १२५ रुपैयाँ रहेको छ । यसैगरी १०८० पिक्सेल रेजोलुसन भएको ड्राइभ प्रो २३० एममा समेत ३२ जीबी माइक्रो एसडी, कलर एलसीडी, वाईफाई, जीपीएस लगायतका फिचर रहेका छन् । यसको मूल्य २१ हजार ८७५ रुपैयाँ राखिएको छ ।

त्यस्तै नेपाल आएको अर्को ड्याशक्याम हो, ड्राइभ प्रो १० । यसमा पनि १०८० पिक्सेल रेजोलुसनका साथै हाइ सेन्सिटिभिटी इमेज सेन्सर, १४० डिग्री वाइड एंगल लेन्स, वाई(फाई कनेक्टिभिटी लगायतका फिचर छन् । यसको मूल्य भ्याट सहित १९ हजार ३७५ रुपैयँ रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया