नेपाली बजारमा भिभो वाई वान एस सार्वजनिक, मूल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा भिभोले वाई सिरिजको भिभो वाई वान एस सार्वजनिक गरेको छ । भिभोको वाई सिरिजलाई मध्यनजर गर्दै वाई सिरिजको सस्तो फोन नेपाली बजारमा ल्याइएको हो । 

कम्पनीका अनुसार ४०३० एमएएच ब्याट्री भएको यो फोनमा ६।२२ इन्चको हलो फुलभियु डिस्प्ले रहेको छ । अरोरा ब्लु र ओलिभ व्ल्याक गरी दुई कलरमा उपलब्ध रहेको छ । 

फोनमा २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज रहेको छ, जसले २५६ जीबीसम्मको माइक्रो एसडी कार्ड सपोर्ट गर्छ । मात्र १६१ ग्रामको यो फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । क्यामेरामा विभिन्न इफेक्ट फिचरहरू पनि उपलब्ध रहेको छ ।

एन्ड्रोइड १० मा आधारित यो फोनमा ओएस १० रहेको छ । यो फोन मल्टिमिडिया कामका लागि ‘आइ प्रोटेक्सन’ सहित उपलब्ध भएको छ । फोनको मूल्य १२ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया