ऋणपत्र निष्काशन गर्दै सिभिल बैंक

मंगलबार, ०५ साउन २०७८, ०७ : १८

काठमाडौं– सिभिल बैंकको ३ अर्ब बराबरको सिभिल बैंक ऋणपत्र निष्काशन हुने भएको छ । त्यसका लागि हिज (साउर ४ गते) प्रत्याभूति सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल, प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्यले संयूक्त हस्ताक्षर गरेका हुन् ।

प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्व, ग्लोबल आइएमई क्यापिटलले रु ३० करोड, प्रभु क्यापिटल लि।ले रु ३५ करोड र माछापुच्छ्रे कृति क्यापिटलले रु ३५ करोड बरावरको ऋणपत्र प्रत्याभुति गरेका हुन् ।  सिभिल बैंकले रु. १,००० अंकित दरको ३०,००,००० (तीस लाख) कित्ता “९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८” सार्वजानिक निष्काशन गर्न लागेको हो ।

मंगलबार, ०५ साउन २०७८, ०७ : १८

प्रतिक्रिया