काठमाडौं, पछिल्लो समय विभिन्न कम्पनीहरुले धमाधम ऋणपत्र बिक्री गरिरहेका छन् ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा ऋणपत्र बिक्रीको अनुपति तथा स्वीकृतिका लागि गरिमा विकास बैंकपाइपलाइनमा रहेको छ ।
बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको ‘८.७५ % गरिमा बैंक डिबेन्चर २०८५’ नामको ७ वर्षे अवधिको रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र बैंकले विक्री गर्नेछ ।
कुल कित्तामध्ये रू ४० करोड बराबरको ४ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ भने बाँकी रू. ६० करोड बराबरको ६ लाख कित्ता भने बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।
शेयर खरीदका लागि विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल मार्केट रहेको छ । बैंकले गत असार ११ गते ऋणपत्र बिक्रीको अनुमति माग्दै सेबोनमा निवेदन दिएको हो ।
प्रतिक्रिया