नेशनल लाईफ इन्स्योरेन्सका बीमाशुल्क चार अर्ब नाघ्यो, दोश्रो स्थानमा उक्लियो

मंगलबार, ०५ साउन २०७८, १६ : २६

जीवन बीमा कम्पनि नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गरेको छ । प्रथम बीमाशुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनी मध्ये एक एलआईसी नेपाललाई उछिन्दै नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो । 

कूल बीमाशुल्क १२ अर्ब १६ करोड सहित प्रथम बीमाशुल्क चार अर्ब भन्दा माथि पु¥याउन सफल भएको छ ।बीमा समितिका अनुसार एलआइसी नेपालको प्रथम बीमाशुल्क रु.३ अर्ब ५५ करोड आर्जन गरी तेश्रो स्थानमा रहेको छ भने युनियन लाईफको रु.३ अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ । 

आर्थिक वर्ष २०७७÷०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढि प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो । त्यस्तै, नविकरण बीमाशुल्क समेत उल्लेख्य रुपमा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बीमाशुल्क संकलन गरेकोमा गत आ.व.मा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको हो । 

सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अव नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको  छ । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अरब ८४ करोड कूल बीमाशुल्क आम्दानी गरेको छ । 
 

मंगलबार, ०५ साउन २०७८, १६ : २६

प्रतिक्रिया