निफ्राले निक्षेप तथा कर्जामा तोक्यो नयाँ ब्याजदर

बुधबार, ०६ साउन २०७८, ०७ : ५८

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंक लिमिटेडले नयाँ ब्याजदर तोकेको छ ।

बैंकले निक्षेप तर्फ संस्थागत फिक्स (स्थिर) बचत अन्तर्गत ५ देखि १० वर्ष सम्मको लागी ६.५० प्रतिशत र १० वर्ष देखि माथिको बचतमा ६.६० प्रतिशत ब्याजदर प्रदान गर्ने छ । व्यक्तिगत  बचत तर्फ भने यि दुबै समयावधिको बचतकर्ताको लागी ७.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

उता कर्जा तर्फ बैंकले प्रजेक्ट (परियोजना) कर्जामा ९ प्रतिशत देखि ९.९९ प्रतिशत सम्म ब्याज तोकेको छ ।

विदेशी मुद्राको हकमा भने आपसी समझदारीका आधारमा तोकिने बैंकले जनाएको छ ।

बुधबार, ०६ साउन २०७८, ०७ : ५८

प्रतिक्रिया