अपि पावरको हकप्रदमा आवेदनको लागी समय थपियो, कहिले सम्म दिन सकिन्छ ?

बुधबार, ०६ साउन २०७८, ०८ : १९

काठमाडौं– अपि पावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको छ । 

कम्पनीले जेठ २० गतेदेखि  असार १३ गते सम्मको हकप्रद शेयरको लागी आवेदन खुला गरेकोमा तोकिएको समयमा आवेदन माग बमोजिम आवेदन नपरे पछि समय थप गरेको हो । प्रति कित्ता रु.१ सय मूल्य तोकी  २ लाख १५ हजार ५९९ कित्ता शेयर कम्पनीले बिक्री गर्ने छ । 

न्यूनतम १०० कित्ताको लागी आवेदन दिन सकिने कम्पनीको शेयरमा अधिकतम खरिद गर्न पाउने शेयरको सङ्ख्या तोकिएको छैन ।

आवेदन मुक्तिनाथ क्यापिटल कमलादी काठमाडौं र यसका शाखा कार्यालयहरू भक्तपुर ठिमी, कुमारीपाटी ललितपुर, इटहरी, इलाम, पृथ्वीचोक पोखर, बुटवल, विराटनगर, वीरगंज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर बाट पनि दिन सकिने कम्पनीले जनाएको छ ।

बुधबार, ०६ साउन २०७८, ०८ : १९

प्रतिक्रिया