सनराइज बैंकले ल्यायो कार्डलेस भुक्तानी सेवा, कसरी गर्ने प्रयोग ?

बुधबार, ०६ साउन २०७८, १२ : २०

काठमाडौं, सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ ।  अब सनराइज बैंकको कार्डलेस भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो ।

यसअन्तर्गत कार्डको प्रयोग बिना नै एटीएम मसिनबाट रकम झिक्न सक्नेछन् । ग्राहकले मोबाइल बैंकिङ्ग प्रयोग गरी कार्डलेस ‘विदड्र’ अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मिट गर्नुपर्नेछ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ ।

बैंकको एटीएममा गई कार्डलेस ‘विदड्र’ अप्सनमा रोजी एसएमएसमा आएको कोड प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सकिने छ । यस प्रक्रियामा आएको कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक रहेको बैंकले जनाएको छ ।

सनराइज बैंकले यसअघि पनि मिस्ड कलबाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानीजस्ता सेवा प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकले बैंकको देशभरी रहेका सबै एटीएममार्फत लिनसक्ने जनाइएको छ ।

बुधबार, ०६ साउन २०७८, १२ : २०

प्रतिक्रिया