नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्दै, कहिलेसम्म बुझाउन सकिने गोप्य शिलबन्दी प्रस्ताव ?

२ बर्ष अगाडि

काठमाडौं, नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले कम्पनीमा रहेको लगानी योग्य रकम वाणिज्य बैंकहरुमा लगानी गर्ने भएको हो ।

कम्पनीले  साउन १२ गतेभित्र लगानी गर्नको लागि गोप्य शिलबन्दी प्रस्ताव बुझाउन वाणिज्य बैंकहरुलाई आग्रह गरेको छ ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेशन फारम भरि शिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने जनाएको छ ।

कम्पनीले कति रकम लगानी गर्न चाहेको रकम भने खुलाएको छैन । रकम खुलाउँदा ब्याजदरमा प्रभाव पर्नसक्ने भएकाले मुद्दती निक्षेपमा लगानी गर्ने रकम नखुलाइएको कम्पनीले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया