आजबाट बिक्रिमा आयो मुक्तिनाथ विकास बैंक १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र, मूल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडको वार्षिक ८।७५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आजबाट निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आजबाट ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चररऋणपत्र २०८४/८५’ निष्काशन तथा बिक्री खुला गरेको हो । 

उक्त ऋणपत्रको अवधि ७ वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । 

सर्वसाधारणलाई बिक्री गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो। जसमध्ये १ हजार ५०० कित्ता बाँडफाँट गरिएको बैंकले जनाएको छ ।

ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन २१ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट उक्त ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया