काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ घर भएका ३८ वर्षीय बिष्णु जिवन धिताल रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला अदालत बाँकेको २०७७ फागुन १२ गतेको फैसलाले बैंकिङ कसूरमा ३ दिन कैद र २ लाख ८० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले बताएको छ । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको पनि प्रहरीले बताएको छ ।
प्रतिक्रिया