म्युचुअल फण्ड र जलविद्युत कम्पनीमा आकर्षण बढ्दो, ७ कम्पनीको शेयर सकरात्मक सर्किट लेभमा

विहीबार, ०७ साउन २०७८, १५ : ४२

काठमाडौं, साताको अन्तिम कारोबार दिन (बिहीबार) अधिकांश म्युचुअल फण्ड र जलविद्युत कम्पनी आकर्षण बढी रहेका छ । जसमध्ये ३ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । 

यस दिन लक्ष्मी उन्नती कोष, ङादी ग्रुप पावर, सिईडिबी हाइड्रोपावरको शेयरमुल्य १० प्रतिशतले बढेको हो । लक्ष्मी उन्नती कोषको शेयरमुल्य प्रतिकित्ता रु. १५.६८, ङादी ग्रुप पावरको रु. ६९४ र सिईडिबी हाइड्रोपावरको रु.७५९ पुगेको छ । 

यस्तै, माउन्टेन हाइड्रो नेपाल, पोखरा फाइनान्स,लक्ष्मी इक्वीटी फण्ड र ग्लोबल आईएमई समुन्नत योजना १ को शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

विहीबार, ०७ साउन २०७८, १५ : ४२

प्रतिक्रिया