काठमाडौं, गत आर्थिक वर्षको अन्त्य सम्ममा बीमाको पहुँच २७ प्रतिशत पुगेको छ । बैदेशिक रोजगार(म्यादी बीमा) सहित २७.०२ प्रतिशत जनसंख्यामा बीमाको पहुँच विस्तार भएको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।
म्यादी बीमा बाहेक बीमाको पहुँच २४.७६ प्रतिशत रहेको छ । यो अघिल्लो आर्थिक वर्षमा २२.६१ प्रतिशत मात्रै रहेको थियो ।
गत आर्थिक वर्षको असार मसान्त सम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क २७.१२ प्रतिशतले बढेर १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यस्तै निर्जीवन बीमा कम्पनीहरुले पनि ३१ ऋर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
अहिले बीमा क्षेत्रमा १० हजार ७५२ जनाले प्रत्यक्ष रोगजारी पाइरहेका छन् भने करिब ४०० जना सर्भेयर र करिब २ लाख ५० हजार जना बीमा अभिकर्ता रहेको बीमा समितिको तथ्यांक छ ।
हाल १९ जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ३८ अर्ब २१ करोड र २० वटा निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको बीमा समितिको तथ्यांक छ ।
प्रतिक्रिया