काठमाडौं– ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले कोभिड १९ को कारण मृत्यु भएका पाँगा निवासी श्री श्रीकृष्ण महर्जन की श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको छ ।
ज्योति लाईफ इन्स्योरेन्समा ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बीमालेख शुरु गर्नु भएका श्री श्रीकृष्ण महर्जनको मिति २०७८÷०२÷०१ मा कोभिड १९ को संक्रमणको कारण मृत्यु भएको ब्यहोरा उल्लेख गरी बीमितले इच्छाएको ब्यक्ती निजको श्रीमती रजिसा महर्जनले यस बीमालेख अन्र्तगत दावी भुक्तानीको लागी आवश्यक कागजातहरु संलग्न गरी निवेदन पेश गरेकी थिइन् ।
कम्पनीले आफ्नो दावी प्रक्रियाको सम्पूर्ण कारवाही सम्पन्न गरी किर्तिपुर शाखा प्रमूख शान्ता रिजाल ज्यूले श्रीमती रजिसा महर्जन ज्यूलाई उनको घरमै पुगी शर्त बमोजिम बीमाङ्क रकम बापत रु २०,००,०००÷– दावी भुक्तानी हस्तान्तरण गरे ।
प्रतिक्रिया