मध्य भोटेकोशीको आईपीओमा कति पर्‍यो आवेदन ?

शुक्रबार, ०८ साउन २०७८, ०७ : २५

काठमाडौं - मध्य भोटेकोशीको साधारण शेयर (आईपीओ)मा हालसम्म ७ हजार ५८६ सिन्धुपाल्चोकबासीले साढे १६ करोड रुपैयाँ बराबरको आवेदन दिएका छन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटलका अनुसार बिहीबार भौतिक रुपमा आवेदन लिन तोकिएका आवेदन केन्द्र (इसेवा तथा अनलाइन) तथा आश्वाबाट १६ करोड ४७ लाख ७६ हजार १०० रुपैयाँ बराबरको १६ लाख ४७ हजार ७६१ कित्ताको माग आवेदन परेको जनाएको हो ।

यो स्थानीयमा जारी गरिएको ६० लाख कित्ता शेयरको २७.४६ प्रतिशत मात्र सब्सक्राइब हो । बिहीबार मात्रै कम्पनीको आइपीओ खरीदका लागि २ हजार २ वटा आवेदन मार्फत ४ करोड २१ लाख ८५ हजार १०० रुपैयाँ बराबरको ४ लाख २१ ह्जार ८५१ कित्ताको माग भएको छ । 

जसमध्ये आश्वा मार्फत ८५२ वटा आवेदनबाट १ लाख ९१ हजार ५८० कित्ता र भौतिक रुपमा आवेदन लिन तोकिएका आवेदन केन्द्र ९इसेवा तथा अनलाइन० मार्फत १ हजार १५० वटा आवेदनबाट २ लाख ३० हजार २७१ कित्ताको माग भएको बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको हो ।

कुल ७ हजार ५८६ सिन्धुपाल्चोकबासीले साढे १६ करोड रुपैयाँ बराबरको आवेदनमा आश्वा मार्फत २ हजार ६८० वटा आवेदनबाट ६ लाख ३४ हजार ६९० कित्ता र भौतिक रुपमा आवेदन लिन तोकिएका आवेदन केन्द्र (इसेवा तथा अनलाइन) मार्फत ४ हजार ९०६ वटा आवेदनबाट १० लाख १३ हजार ७१ कित्ताको माग भएको छ ।

कम्पनीले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता निष्काशन तथा बिक्री खुला गरेको थियो । कोराना संक्रमण बढेपछि विभिन्न जिल्लामा जस्तै सिन्धुपाल्चोकमा पनि निषेधाज्ञा जारी भएपछि स्थानीयलाई बिक्री भैरहेको शेयर बीचमा नै स्थगित गरिएको थियो । स्थगित आइपीओ बिक्री साउन ५ गते मंगलबारदेखि पुनः सुरु गरिएको हो ।

कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित मूल्यको दरमा ६० लाख कित्ता शेयर आयोजना प्रभावितका लागि निष्काशन सुरु गरेको हो । क्यापिटलका अनुसार अब आईपीओ छिटोमा साउन १७ गते निष्काशन बन्द हुनेछ भने सो अवधिमा सबै शेयर बिक्री नभएको खण्डमा भने ढिलोमा साउन ३२ गतेसम्म खुला रहनेछ । 

उक्त मितिभन्दा अगावै सबै शेयर बिक्री भएमा बीचमा नै सार्वजनिक सूचना मार्फत निष्काशन बन्द हुन सक्नेछ । लगानीकर्ताले उक्त शेयरमा न्यूनतम ५० कित्तादेखि बढीमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा सिन्धुपाल्चोक जिल्लाबासीले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोकमा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । 
 

शुक्रबार, ०८ साउन २०७८, ०७ : २५

प्रतिक्रिया