प्रभु बैंकको शेयर बिक्रीमा, कहिले देखि आवेदन दिने ?

शुक्रबार, ०८ साउन २०७८, ०८ : ०१

काठमाडौं– प्रभु बैंक लिमिटेडले संस्थापक तर्फको शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको छ ।

कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य रु.२१० रुपैयाँ तोकी २ लाख २ हजार १८६ रुपैयाँ कित्ता शेयरको बोलपत्र खुला गरेको छ ।

शेयर खरिदको लागी आगामी साउन १५ गतेदेखि आगामी साउन २९ गते अपरान्ह १ः३० बजे सम्म आवेदन पेश गर्न सकिने छ ।

आवेदन बिक्री प्रबन्धक रहेको एनएमबि क्यापिटल लिमिटेड काठमाडौंमा पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
 

शुक्रबार, ०८ साउन २०७८, ०८ : ०१

प्रतिक्रिया