काठमाडौं - लक्ष्मी इक्विटी फन्डले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि बुकक्लोज मिति तोकेको छ । कोषले नगद लाभांश वितरण गर्नको लागि साउन १५ गतेलाई बुकक्लोज मिति तोकेको हो।
त्यसैले साउन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको सञ्चालक समितिको बिहिबार बसेको बैठकले लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गर्ने यो दोस्रो कोष हो । यसअघि गत साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया