बीमा कम्पनीहरूको बीमा शुल्क २९ प्रतिशतले बृद्धि

शुक्रबार, ०८ साउन २०७८, ११ : ०६

काठमाडौं - आर्थिक वर्ष २०७७/७८ मा कुल बीमा शुल्कमा २९ प्रतिशतले वृद्धि भएको छ । गत आवमा बीमा कम्पनीहरूबाट एक खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख बीमा शुल्क सङ्कलन भएको छ ।

जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीबाट बीमा समितिलाई उपलब्ध गराएको जानकारी अनुसार जीवन बीमा कम्पनीहरूबाट एक खर्ब २० अर्ब ५५ करोड २३ लाख रुपियाँ र निर्जीवन बीमा कम्पनीहरूबाट ३० अर्ब ९० करोड ६८ लाख सङ्कलन  भएको हो । यो सँगै अघिल्लो आव २०७६/७७ को तुलनामा २८.७२ प्रतिशतले वृद्धि भएको छ । 

त्यस्तै समीक्षा अवधिमा जीवन बीमातर्फ १५ हजार ९४६ वटा बीमालेखको जम्मा दुई अर्ब २५ करोड दुई लाख र निर्जीवन बीमातर्फ ८६  हजार ४४० वटा बीमालेखको जम्मा २० अर्ब १४ करोड ५१  लाख बीमा माग दाबीको भुक्तानी दिन बाँकी रहेको बीमा कम्पनीहरूले जनाएका छन् । 

गत आवमा जीवन बीमातर्फ नौ अर्ब ८८ करोड १४ लाख बराबरको ६३ हजार ३३१ वटा बीमालेख व्यतित भएको बीमा समितिले जनाएको छ । 

शुक्रबार, ०८ साउन २०७८, ११ : ०६

प्रतिक्रिया