काठमाडौं, यो साता धितोपत्र दोस्रो बजारमा नेपाल स्टक एक्सेन्च (नेप्से) मा उछाल आएको छ । यो साता नेप्से परिसुचक १२० अंकले बढेको हो । गत साताको अन्तिम दिन(बिहीबार) २८८३.४१ अंकमा बन्द भएको परिसुचक यो साताको अन्तिम दिनसम्म आउँदा १२०.९२ अंकले बढेर ३००४.३३ को बिन्दुमा पुगेको हो । नेप्सेमा यो साताको उच्च बिन्दु ३०१८ सम्म रहेको छ तर अल टाइपको हाइएस्ट रेकर्ड हेर्दा नेप्से परिसुचक ३०२५ सम्मको बिन्दुमा पुगेको छ । यो साता नेप्सेमा १२ करोड ५५ लाख ६६ हजार ७०२ कित्ता शेयर ४ लाख १९ हजार ४७ पटकको कारोबारमा कुल ४१ अर्ब २१ करोड ६२ लाख रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
यो साता कारोबारको पाँच दिनमा शेयर चार दिन मात्र कारोबार भएको थियो । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएसंगै शेयर बजार बन्द रहेको थियो ।
कुन दिन शेयर कारोबार कस्तो ?
साताको पहिलो दिन (आइतबार) नेप्से परिसुचक ९७ अंकले बढेको थियो । यो दिन २८८३.४१ को बिन्दुबाट सुरु भएको शेयर कारोबार ९७.२ अंकले बढेर २९८०.६१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । यस्तै, सो दिन २२१ कम्पनी कारोबारमा आएका थिए । कारोबामा आएका उक्त कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर १ लाख १६ हजार २९४ पटकको कारोबारमा ११ अर्ब ४५ करोड ३८ लाख रुपैंया बराबरको शेयर भएको भएको हो । आइतबार कारोबारमा आएका कम्पनीमध्ये ५ कम्पनीको शेयर कारोबारमा उच्च वृद्धि भएको थियो ।
साताको दोस्रो दिन (सोमबार) नेप्से परिसुचक करिब १४ अंकले बढेको हो । यस दिन परिसुचक १३.९७ अंकले बढेर २९९४.५८ को बिन्दुमा पुगेर बन्द भएको हो । यस्तै, सोमबार २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर १ लाख ७ हजार ७९७ पटक किनबेच हुदाँ ११ अर्ब ११ करोड ६२ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, साताको तेस्रो दिन(मंगलबार) भने नेप्सेमा सामान्य करेक्सन भएको थियो । यो दिन २९९४.५८ को बिन्दुबाट सुरु भएको कारोबार ९ अंकले घटेर २८८५.५७ को बिन्दुमा पुगेर बन्द भएको हो । यस्तै, सो दिन २१९ कम्पनीको शेयर कारोबार भएको हो । उक्त कम्पनीको ३ करोड १६ लाख ८१ हजार १९३ कित्ता शेयर ८० हजार १८४ पटक खरिदबिक्री हुदाँ ७ अर्ब ५३ करोड २१ लाख बराबरको शेयर कारोबार भएको छ ।
सार्वजनिक बिदा भएसंगै बुधबार शेयर बजार बन्द रह्यो । कारोबारको अन्तिम दिन(बिहीबार) भने परिसुचक ३ हजार माथिको बिन्दुमा पुगेको हो । यो दिन १८.७६ अंकले बढेर ३००४.३३ को बिन्दुमा पुगेर बन्द भएको हो । यो दिन २९८५.५७ को बिन्दुबाट कारोबार सुरु भएको हो । यस्तै, यो दिन नेप्सेमा २२२ कम्पनी कारोबारमा आएका थि । उक्त कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर १ लाख १४ हजार ७७२ पटकको कारोबारमा ११ अर्ब ११ करोड ४१ लाख बराबरको शेयर कारोबार भएको हो । यस दिन शेयरमा म्युच्अल फण्ड र जलविद्युतमा बढ्दो आकर्षण रहेको थियो ।
प्रतिक्रिया