एशियन लाइफको साधारण सभा साउन ३१ गते, लगानीकर्ताको हात भने खाली

शुक्रबार, ०८ साउन २०७८, १३ : १६

काठमाडौं, एशियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा साउन ३१ गते आइतबार हुने भएको छ ।

कम्पनी सञ्चालक समितिको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । तर, कम्पनीले लाभांशबिनै वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभाले कम्पनीको पूँजी संरचना परिमार्जन गर्ने विषेश प्रस्ताव पारित गरेको छ । हाल कायम संस्थापक समुहको १० प्रतिशत शेयर सर्वसाधारणमा परिणत गरेर संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम गर्ने विषेश प्रस्ताव पारित गर्नेछ ।

यस्तै संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालकमा ४ जना,सर्वसाधारण शेयरधनीबाट २ जना र स्वतन्त्र विज्ञ १ जना गरी ७ जना सञ्चालक समेत मानोनित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले साउन १७ गते बुक क्लोज गर्ने जनाएको छ । यस अनुसार साउन १४ गते सम्म कायम शेयरधनी मात्रै साधारण सभामा सहभागि हुन सकिनेछ ।
 

शुक्रबार, ०८ साउन २०७८, १३ : १६

प्रतिक्रिया