दुई कम्पनी आइपीओ निष्कासनको अनुमति माग्दै पुगे धितोपत्र बोर्ड, कुनको कति कित्ता ?

शुक्रबार, ०८ साउन २०७८, १४ : ०२

काठमाडौं, दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै  धितोपत्र बोर्ड पुगेका छन् ।

राष्ट्र उत्थान र जाल्पा सामुदायिक लघुवित्तले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । यी दुई कम्पनीको गरी कुल १३ लाख ७२ हजार कित्ता आइपीओ आउने भएको छ । 

राष्ट्र उत्थानाले प्रतिकित्ता १०० रुपैयाँको दरमा ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले गर्नेछ । 
 
राष्ट्र उत्थान लघुवित्तले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । यस आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।
 
यस्तै, जाल्पा सामुदायिक लघुवित्तले पनि प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहने छ । यसर्थ, जाल्पाको आइपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापटलले गर्नेछ । 
 

शुक्रबार, ०८ साउन २०७८, १४ : ०२

प्रतिक्रिया