१६.८६ प्रतिशत लाभांश क्षमता रहेको महालक्ष्मी विकास बैंकले कति कमायो नाफा ?

शुक्रबार, ०८ साउन २०७८, १५ : ५५

काठमाडौं, महालक्ष्मी विकास बैंकले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ७१ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो आवमा रू. ४२ करोड ८५ लाख ६४ हजार खुद नाफा कमाएको कम्पनीले गत आवमा  रु. ७३ करोड २९ लाख १६ हजार कमाएको छ । गत आवको चौथो त्रैमासमा कम्पनीको वितरणयोग्य मुनाफा रू. ५६ करोड ३८ लाख ५५ हजार रहेको छ ।

कम्पनीको लाभांश क्षमता १६.८६ प्रतिशत रहेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई ९.२६ प्रतिशत बोनस शेयर वितरण गरेको हो । 
 
अघिल्लो आवमा प्रतिशेयर आम्दानी रू. १३.९५ रहेको उक्त कम्पनीको गत आवमा वृद्धि भएर रू. २१.९३ पुगेको छ ।  त्यसैगरी कम्पनीले गत आवमा जगेडामा रू. १ अर्ब ५९ करोड ६५ लाख र रिटेन्ड अर्निङमा रू. ५६ करोड ७६ लाख ३८ हजार सञ्चित गरेको छ  । 

कम्पनीको मूल्य आम्दानी अनुपात २०.२९ टाइम्स,तरलता अनुपात २८.५४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६४.७५ रहेको छ । 

शुक्रबार, ०८ साउन २०७८, १५ : ५५

प्रतिक्रिया