जीवन विकास लघुवित्तको साढे १२ लाख कित्ता खरिदमाग, प्रतिकित्ताको मुल्य कति ?

विहीबार, १४ साउन २०७८, १२ : ५९

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) आजबाट दोस्रो बजार नेप्सेमा कारोबारमा आएको करिब २ घण्टासम्म आइपुग्दाँ जीवन विकास लघुवित्तको शेयरमुल्य उच्च वृद्धि भएको छ । 

कम्पनीको शेयरमुल्य ८.२२ प्रतिशतले वृद्धि भएको कम्पनीको शेयरमुल्य प्रतिकित्ता रु.९८९ पुगेको छ । 

आज कम्पनीको शेयरमुल्य रु.९१४ बाट सुरु भएको हो ।

यस्तै, कम्पनीको शेयरमुल्य उच्च वृद्धि भएसंगै १२ लाख ४२ हजार ५९६ कित्ता खरिद माग भएको छ भने बिक्री माग शून्य रहेको छ । 
 

विहीबार, १४ साउन २०७८, १२ : ५९

प्रतिक्रिया