सामसङद्धारा ‘ग्यालेक्सी एफ–२२’ सार्वजनिक, नेपाली बजारमा मूल्य कति ?

विहीबार, १४ साउन २०७८, १३ : २८

काठमाडौं - सामसङले  नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एफ–२२’ को सार्वजनिक गरेको छ । कम्पनीले मंगलबारदेखि उक्त स्मार्टफोनको बिक्री सुरु गरेको हो । 

६.४ इन्चको एचडी प्लस सुपरएमोलेड डिस्प्ले भएको यो नयाँ स्मार्टफोनमा ९० हर्जको रिफ्रेस रेट छ। यो फोनले प्रयोगकर्तालाई स्मुथ स्क्रोलिङ अुनभव दिनेछ। यसमा भएको हाई ब्राइटनेस मोड फिचरले चर्को घाममा पनि स्क्रिन सजिलै हेर्न मिल्छ । 

साथै डोल्बी एटोम फिचरले फोनमा उत्कृष्ट अडियो र सिनेम्याटिक भियुङ अनुभव दिने कम्पनीको दाबी छ । ‘ग्यालेक्सी एफ–२२’मा ६ हजार एमएएचको ब्याट्री पावर र २५ वाटको चार्जिङ क्षमता छ । 

ब्याट्री पावरबाट प्रयोगकर्ताले १३० घण्टासम्म गीत सुन्न, ४० घण्टासम्म फोनमा बोल्न, २५ घण्टासम्म भिडियो हेर्न सक्छन् । फोनमा चारवटा क्यामरा छ । क्यामरा ४८ मेगापिक्सलको रहेको छ । 

मिडियाटेक हेलियो जी–८० प्रोसेसरले बनेको यो नयाँ स्मार्टफोन चार जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेज र ६ जिबी र्याममा १२८ आन्तरिक स्टोरेज विकल्पको साथ उपलब्ध छ । 

नेपाली बजारमा चार जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेज भएको ‘ग्यालेक्सी एफ–२२’को मूल्य बीस हजार चार सय ९९ छ । यसैगरी ६ जिबी र्याममा १२८ आन्तरिक स्टोरेज मोडलको मूल्य २३ हजार नौ सय ९९ तोकिएको छ । 


 

विहीबार, १४ साउन २०७८, १३ : २८

प्रतिक्रिया