२४ लाख पर्ने केटीएम ड्युक ७९० नेपाली बजार भित्रिदैँ, आजदेखि बुकिङ खुल्ला

२ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा २४ लाख मूल्य पर्ने केटीएम ड्युक ७९० आउने भएको छ । नेपालको लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले आज अर्थात सोमबारदेखि बुकिङ खुल्ला गरेको हो ।

बीएस ४ इन्जिनयुक्त यो बाइकमा ७९९ सीसीको प्यारालल ट्विन इन्जिन दिइएको छ । जसले १०३ बीएचपी पावर र ८६ एनएम टर्क जेनेरेट गर्छ । यो बाइकमा ६–स्पिड गियरबक्स दिइएको छ । केटीएमको यो बाइकमा एलईडी हेडल्याम्प र टेललाइट तथा ड्युक ३९० मा जस्तै टीएफटी स्क्रिनयुक्त रहेको छ ।

बाइकमा स्लिपर क्लच असिस्ट, लिन सेन्सिटिभ ट्रयाक्सन कन्ट्रोल,चार राइडिङ मोडसँगै लाइभ बाई वायर, एबीएस र सुपरमोटो मोडजस्ता फिचरहरु रहेको छ । सुपरमोटो राइडिङ मोडका कारण कर्नरिङमा पनि राइडिङ सहज हुन्छ ।

केटीएम ७९० ड्युक बाइकको फ्रन्टमा ४३ एमएम अपसाइड डाउन टेलेस्कोपिक फोर्क र रियरमा मोनोशक सस्पेन्सन रहेको छ । १८६ ग्राउन्ड क्लियरेन्स भएको यो बाइकमा १४ लिटर इन्धन भण्डारण क्षमता रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया