मार्सी चामल बाट बनेको बियर बजारमा, कति छ मुल्य ?

२ बर्ष अगाडि

मार्सी चामल बाट बनेको बियर बजारमा आएको छ । जुम्लामा फलेको मार्सी चामलबाट बनेको मार्सी बियर बजारमा आएको हो । 

टाइगर्स ब्रुअरीले बजारमा ल्याएको मार्सी बियर देशैभरी उपलब्ध रहेको जनाईएको छ । कम्पनीले मार्सी प्रिमियम, मार्सी स्ट्रङ र मार्सी झ्याप गरी तीन प्रकारका बियर बजारमा ल्याएको छ । 

यो बियर अन्य बियरहरु भन्दा फरक स्वादको भएको दाबी कम्पनीले गरेको छ । हाल ३३० र ६५० मिलिलिटरका बोतलमा यो बियर उपलब्ध छ । 

मार्सीमा नेपालमा फलेका अन्नको स्वाद पाईने कम्पनीले दाबी गरेको छ । जर्मन प्रविधि प्रयोग गरेर बनाईएको बियरमा जुम्लाको हिमाली भेगमा फलेको मार्सी चामल प्रयोग गरिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया