प्राधिकरण डुबाउने भोटेकोशीका साहूजीहरुको गाँड कोराकोर, एकले अर्कोलाई सिध्याइदिने धम्की

५ बर्ष अगाडि

काठमाडौं – जुरेको पहिरो, भूकम्प र पहिरोले थिल्थिलो भएको भोटेकोशी जलविद्युत् आयोजनाको पुनः निर्माणको काम अगाडि बढीरहँदा त्यसमा हुने लागतको विषयमा लगानीकर्ताका बीचमा विवाद सुरु भएको छ । आयोजनाको विदेशी लगानीकर्ता र नेपाली लगानीकर्ताबीच खर्च कसले गर्ने भन्ने विषयलाई लिएर गाँड कोराकोर सुरु भएको सम्वद्ध आयोजनाका एक अधिकारीले जानकारी दिएका छन् । 
 
सो आयोजनामा सुरुमा लगानी अमेरिकाको पाण्डा पावरले गरेको हो । त्यसमा नेपालको व्यापारिक समूह एवम् बुटवल पावर समेत संलग्न रहेको छ । तर शेयरको प्रतिशतका आधारमा हेर्दा बुटवल पावरको करिब १० प्रतिशतको हाराहारीमा मात्रै रहेको छ । बाढी पहिरो र भूकम्पले समस्यामा पारेको आयोजना विगत ४ वर्षदेखि करिब करिक बन्दा अवस्थामा रहेको छ । नेपाल विद्युत् प्राधिकरणको आर्थिक स्वास्थ्यमा समेत खराब पहिचान बनाइदिएको सो आयोजनाका कारण प्राधिकरण सधै समस्यामा पर्ने गरेको छ ।
 
पछिल्लो पटक पुनः निर्माणमा लाग्ने खर्च व्योहोर्न अमेरिकन कम्पनीले नेपालका लगानीकर्तालाई आग्रह गरेको छ । तर नेपालका लगानीकर्ता आफ्नो हिस्सा अनुसार मात्रै खच गर्न सकिने बताउँदै आएका छन् । कमाई हुने बेलामा सबै रकम अमेरिका नै लैजाने, त्यो पनि अमेरिकन डलरमा , अहिले पुनः निर्माणमा चाही हामीले खर्च गर्नुपर्ने भन्दै उनीहरुले अटेर गर्दै आएका छन् । कमाई लानेले खर्च पनि गर्नुपर्छ भन्ने नेपाली साझेदारको भनाइ छ । अमेरिकनले भने कमाईमा लागत अनुसारको प्रतिफल दिएकै छौ, अहिले हामी पैसा ल्याउन सक्दैनौ, त्यसकारण मिलेर बनाऊ पछि दिउला नी भन्ने उनीहरुको भनाई छ । बुटवल पावरका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उत्तरकुमार श्रेष्ठले त सार्वजनिक स्थानमा नै भोटेकोशीको पुनः निर्माणमा बुटवल पावरले केही गर्न नसक्ने बताउँदै आएका छन् । उनले विवाद भएको कुरा समेत स्वीकार गरेका छन् । विवाद भएको विषय सत्य हो, हामी आफ्नो हिस्सा अनुसार मात्रै काम गर्न सक्छौ, सबै त गर्न सक्दैनौ । 

हाल सो आयोजनाको ३० प्रतिशत पुनर्निर्माण सकिएको छ । अबको एक वर्षमा पूरा गर्ने लक्ष्यसहित पुनर्निर्माण भइरहेको हो । २०७१ साउनको जुरे पहिरो, २०७२ वैशाखको भूकम्प र २०७३ को भोटेकासी नदीमा आएको बाढीले आयोजनामा क्षति पुर्याएको थियो । हाल क्षति भएको  मूख्य संरचनाको पुनः निर्माण भइरहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिक्रम स्थापितले लगानीकर्ताका बीचमा समान्य विवाद रहनु स्वभाविक रहेको बताउने गरेका छन् । स्थापित अमेरिकन कम्पनीका विश्वासिला व्यक्ति हुन् । पाण्डा पावरले उनाई हर्ताकर्ता बनाएको छ । पाण्डाको आड पाएपछि उनले बुटवल पावरका लगानीकर्तालाई पेल्ने, भनेको नमान्ने तथा आयोजनाको स्वामित्वबाट बाहेक गर्नेसम्मको धमकी दिएको बताइएको छ । 
 
हाल  बाँधको गेट, बालुवा थिग्र्याउने पोखरीको पर्खाल, र विद्युतगृह पुनर्निर्माण भइरहेको छ । क्षतिग्रस्त बाँधको एक तिहाइ हिस्सा भत्काएर नयाँ संरचना निर्माण भइरहेको छ । चीनको सिनो हाइड्रोले २०७४ पुसबाट आयोजना पुनर्निर्माणको काम सुरु गरेको हो । कुनै प्रकारको अवरोध नआए २०७६ मंसिरबाट विद्युत उत्पादन गर्ने तालिका तय गरिएको छ । 
 
पुनर्निर्माणका लागि रु ७ अर्ब लाग्ने अनुमान छ । भोटेकोसीको विद्युत उत्पादन बन्द हुँदा ४ वर्षको आम्दानी गुमेको अमेरिकनको दावी छ । आयोजनबाट ४५ मेगावाट विद्युत् उत्पादन भइरहेको थियो । सो आयोजनाबाट उत्पादित विद्युत् अमेरिकी डलरमा खरिद गर्ने सम्झौता भएको थियो । जसका कारण प्राधिकरणको अािर्थक अवस्थामा समस्या  पार्दै  आएको थियो । प्राधिकरणलाई आर्थिक रुपमा टाट पल्टाउने सो आयोजनामा देखिएको विवाद समाधान गर्न केही व्यापारी सक्रिय भएको बताइन्छ । तर समाधान हुने भन्दा पनि झन् बल्झने अवस्था आएको बताइन्छ । त्यसो त बुटवल पावर पनि गतिलो कम्पनी भने होइन । सरकारी स्वामित्वको सो कम्पनीलाई सस्तोमा हत्याएका व्यापारीले कम्पनीलाई भजाएर सौदावाजी गरिरहेका छन् । रु ५०१ मा एफपिओ बेचेर लगानीकर्ता ठगेको सो कम्पनीको सेयर घटेर रु ४०० को हाराहारीमा आइपुगेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया