काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २ बैंकको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेका अनुसार '९ प्रतिशत सांग्रिला बैंक डिबेञ्चर २०८७' को ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि असार २० गते सम्म १० वर्ष अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नाममा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।
यस्तै, '८।७५ प्रतिशत प्राइम डिबेञ्चर २०८५' को २४ लाख ४७ हजार ९ सय ६३ कित्ता ऋणपत्र सूचिकृत भएको छ । प्राइम कमर्सियल बैंक लिमिटेडले फागुन २८ गतेबाट चैत्र १३ गते सम्म ८ वर्ष अवधिको लागि ‘८.७५ प्रतिशत, प्राइम डिबेन्चर २०८५’ नाममा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।
प्रतिक्रिया