हकप्रद शेयर निष्कासन गर्न ६ कम्पनीको धितोपत्र बोर्डमा आवेदन, कुन कम्पनीको कति कित्ता ?

मंगलबार, २२ भदौ २०७८, ०८ : १२

काठमाडौं, ६ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नियामक नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । हकप्रद शेयर निष्कासनका लागि बोर्डसँग अनुमति माग्नेमा २ डेभलपमेन्ट बैंक, १ फाइनान्स कम्पनी, १ जलविद्युत् कम्पनी र २ बिमा कम्पनी रहेका छन् । 

बैंकले अन्तिम पटक २०७७ साल माघ २३ गते १ः१.५ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि 
अनुमति मागेको थियो । बैंकले पहिलो पटक २०७७ पुस २६ गते हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । यता, नारायणी डेभलपमेन्ट बैंकले पनि शतप्रतिशत हकप्रद सेयर जारीको लागि बोर्डमा अनुमति मागेको छ ।

हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसंग अनुमति मागेका कम्पनीहरु, कुनको कति कित्ता ?

कम्पनीको नाम              हकप्रद शेयर अुनपात   शेयर कित्ता 
शिखर इन्स्योरेन्स                 १०ः३                  ५,२७५,५७२
नारायणी डेभलपमेन्ट बैंक      १ः१                   १,३१२,३३८
समृद्धि फाइनान्स                  २ः१                 २,७२९,७०५
आइएमई जनरल इन्सुरेन्स      १०ः४               ४,६३०,३४४
कर्पोरेट डेभलपमेन्ट बैंक        १ः१ः५              ३,०००,०००
छयाङदी हाइड्रोपावर             १०ः३              ८,९३,०२५
  

मंगलबार, २२ भदौ २०७८, ०८ : १२

प्रतिक्रिया