काठमाडौं , सनराइज फर्स्ट म्युचुअल फण्डले आफ्ना इकाईधनीलाई आज मंगलबार (भदौ २२ गते) बाट नगद लाभांश बैंक खातामा पठाउन सुरु गरेको छ । फण्डले डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको लाभांश खातामा पठाउन आजबाट सुरु गरेको हो । हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन फण्डले आग्रह गरेको छ ।
यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने सन्राइज क्यापिटलले जनाएको छ । सथै, इकाई धितो राखेका इकाईधनीले प्रतिफल लिनको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गर्नुपर्ने छ ।
आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सनराइज फर्स्ट म्युचुअल फन्डले ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गरेको हो । यसले नगद लाभांश वितरणका लागि भदौ १६ गते बुक क्लोज गरेको हो ।
प्रतिक्रिया