काठमाडौं, बुधबार कारोबार खुलेको साढे दुई घण्टासम्म आएपुग्दाँ रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ लाख बढी कित्ता शेयर खरिदमाग भएको छ ।
मार्केटमा कम्पनीको ५ लाख ८३९ कित्ता शेयर खरिदमाग भएको हो । कम्पनीको अधिकतम प्रतिकित्ता रु.६१२ सम्म शेयर खरिद माग भएको छ भने १ लाख ५७ हजार ७९९ कित्ता शेयर बिक्री माग रहेको छ ।
यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमुल्य २.१७ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.६१३ पुगेको छ । आज कम्पनीको शेयरमुल्य प्रतिकित्ता रु. ६१६ सम्म पुगेको हो ।
प्रतिक्रिया