तीजको हरियालीमा नेप्से राताम्मे, कारोबार रकम पनि साढे ६ अर्बमा खुम्चियो

बुधबार, २३ भदौ २०७८, १५ : २८

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसूचक ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा झरेको छ । नेप्से २.०४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ११.९१ अंकले घटेर ५३६.५१ विन्दुमा पुगेको छ ।

अन्तिम समयसम्म कारोबारमा आएका २२५ कम्पनीको  १ करोड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४ सय २७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबारमा आएका कुल २२५ कम्पनीमध्ये २० कम्पनीको शेयरमुल्य बढेको छ भने १६१ कम्पनीको शेयरमुल्य घटेको छ । यस्तै,  ४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । 

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको शेयर घटेको छ । 

बुधबार पनि सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ९७ रूपैयाँ ४० पैसा पुगेको छ ।

बुधबार लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । 

मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीहरूको अग्र स्थानमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीको ४० करोड ५७ लाख ७५ हजार ४ सय ६१ रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार, २३ भदौ २०७८, १५ : २८

प्रतिक्रिया