काठमाडौं - मोदी इनर्जी कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।
कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘डबल प्लस’ रेटिङ प्रदान गरेको छ । कम्पनीले आयोजना प्रभावित तथा सर्वसाधारणको लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ४२ करोड बराबरको ४२ लाख कित्ता आईपीओ निष्कासन गर्दैछ ।
कम्पनीले यसअघि नै आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया