तेह्रथुम पावरको आईपीओ बाँडफाँड भोली, २३ लाख बढिको हात खाली !

विहीबार, २४ भदौ २०७८, १० : १६

काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) भोली बाँडफाँड हुने भएको छ । आईपीओको मंगलबार प्रि(अलटमेन्ट सम्पन्न भैसकेको छ । 

उक्त साधारण सेयर (आईपीओ) को बाँडफाँड भदौ २५ गते, शुक्रबार गरिने  आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ । 

कम्पनीले भदौ ९ गतेबाट भदौ १३ गतेसम्म सर्वसाधारणहरुका लागि जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर ९आईपीओ० बिक्री खुल्ला गरेको थियो । 

जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

अन्तिम दिनसम्म २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका थिए । यो आवेदन सर्वसाधारणका लागि माग गरिएको भन्दा ४२ गुणा बढी हो । 

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । अन्तिम तथ्यांक हेर्दा ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी २३ लाख २१ हजार ९ सय ४८ जनाको भने हात खाली हुनेछ ।

विहीबार, २४ भदौ २०७८, १० : १६

प्रतिक्रिया