सिटिजन्स म्युचुअल फण्ड १ र २ को ईकाइ मूल्य नेप्सेमा समायोजन, समायोजनपछिको मूल्य कति ?

विहीबार, २४ भदौ २०७८, १० : ३४

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड–२ ईकाइ मूल्य समायोजन भएको छ ।

समायोजन पछि सिटिजन्स म्युचुअल फण्ड १ को ईकाइ मूल्य ११ रुपैयाँ २० पैसा कायम भएकोछ भने सिटिजन्स म्युचुअल फण्ड–२ को ईकाई मूल्य ११ रुपैयाँ ४९ पैसा कायम भएको नेप्सेले जनाएको छ । 

हिजो आईतबारको अन्तिम कारोबारमा सिटिजन्स म्युचुअल फण्ड १ को १५ रुपैयाँ २० पैसामा  र सिटिजन्स म्युचुअल फण्ड–२ को १५ रुपैयाँ ४९ पैसामा कारोबार भएको थियो सोहि मूल्यका आधारमा इकाई मूल्य समायोजन गरिएको हो । 
 

विहीबार, २४ भदौ २०७८, १० : ३४

प्रतिक्रिया