काठमाडौं, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर विक्रीमा आएको छ ।
कम्पनीका संस्थापक शेयरधनीहरु रमेश प्रसाद न्यौपानेको नाममा रहेको २ हजार कित्ता, हश्चिन्द्र सिन्हाको नाममा रहेको ५ हजार कित्ता र रामानन्द चौधरीको नाममा रहेको २ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीका लागि कम्पनीले शुक्रवार ३५ दिने सूचना जारी गरेको हो ।
उक्त शेयरको न्यूनतम प्रतिकित्ता मूल्य भने तोकिएको छैन । कम्पनीले केन्द्रिय कार्यालय, सप्तरीमा आफूले खरीद गर्ने शेयरको कित्ता खुलाई निवेदन दिन अनुरोध गरेको छ ।
३५ दिनको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरीदको लागि आवेदन नपरेमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिहरुमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया