टाटा मोटर्सको दशैंतिहार अफर : कार किन्दा २ लाख सम्म छुट र अन्य धेरै अफर

२ बर्ष अगाडि

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वको अवसरमा नयाँ अफरको घोषणा गरेको छ । ‘यसपालीको दसैं तिहार टाटाको सेफेस्ट कार्स हर्षमय परिवार’ स्लोगानका साथ ल्याइएको सो अफरमा कार किन्दा मोडल अनुसार २ लाख रुपैयाँ सम्म छुट प्रदान गरिने भएको छ ।

त्यसैगरी कुनै पनि ब्रान्डको पुरानो कारसँग टाटाको नयाँ कार एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज बोनस प्रदान गरिने छ । कारमा प्रयोग गरिने जेन्युइन एसेसरिज निःशुल्क प्रदान गरिने छ भने नामसारी पनि निःशुल्क हुनेछ ।

एक वर्षको सडक दस्तुर कर छुट प्रदान गरिने र प्रत्येक कार डेलिभरीमा विशेष उपहार प्रदान गरिने बताइएको छ ।

नेपाली बजारमा टाटाका सफारी, नेक्सन, टिगोर, अल्ट्रोज, टियागो र एच५ बिक्रीका लागि उपलब्ध छन् । टाटाको नयाँ सफारी हालै नेपाली बजारमा भित्रिएको हो । 

नेपाली बजारमा सिप्रदी ट्रेडिङले हालै इलेक्ट्रिक कार नेक्सन ईभी समेत भित्र्याएको छ । यद्यपि यसको बुकिङ मात्र गर्न सकिने र अहिले तुरुन्तै उपलब्ध गराउन नसकिने तथा यसको लागि केही महिना पर्खिनु पर्ने सिप्रदी ट्रेडिङले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया