संविधान दिवस : ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा

२ बर्ष अगाडि

ताप्लेजुङ - संविधान दिवसका अवसर पारेर ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा गरिएको छ । 

पाथीभरा याङवरक १ नाङखोल्याङका हर्कबहादुर राई फुङलिङ नगरपालिका ३ का प्रेम लिम्बू भन्ने प्रेम एभेङ र चाउरे मिङमा भन्ने कुमार शेर्पाको बाकी कैद मिनाहा भएको छ । 

कारागार प्रमुख कुलेन्द्र खवासका अनुसार तीनैजना कर्तव्य ज्यान मुद्दामा कैद सजाय तोकी ५० प्रतिशत भुक्तान गरेका हुन । १० वर्ष तोकिएका राईले ५ वर्ष १ महिना, २ वर्ष तोकिएका एङदेनले १ वर्ष ८ दिन र १० वर्ष तोकिएका शेर्पाले ६ वर्ष नौ महिना कैद भुक्तान गरेको खवासले बताए । 

कारागारमा असल चालचलन भएका र आधा कैद भुक्तान गरेकालाई छुटका लागी सिफारिस गर्ने प्रचलन रहेको छ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया